कर्णालीमा पहिलो पटक १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती

कर्णालीकी १७ वर्षीया छोरीले सम्भवतः पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन् ।
Advertisement 1
साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी छोरी अमदेवी बुढाले देहवशान भएका बुवालाई दागवत्ती दिएकी हुन् ।
हिन्दू परम्परामा छोरा(पुरुष) ले दागवत्ती दिने प्रचलन भए पनि अमदेवीले बुवालाई दागवत्ती दिएकी हुन् । उनका दाजुभाइ पनि छन् । स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरा सरहको अधिकार रहेको भन्दै दागवत्ती दिने कुरालाई सहज रुपमा लिएका हुन् ।छोरीले बुवाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उनको चर्चा गरिरहेका छन् ।
Advertisement 2
उनले दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छ भनेर समाजमा जानकारी दिन आफूले यस्तो गरेको बताइन् । दाईहरुको मात्र नभएर आफ्नो पनि वुबा भएका कारण अन्तिम संस्कारमा पनि हक भएको उनको भनाइ छ ।