ट्रेड युनियनको निर्वाचनलाई अनिर्णयको बन्दी नबनाईयोस :- संगठन
बुधबारको मन्त्रिपरिषदको बैठकले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी संघठनले गम्भीर ध्यानाकर्षण भएको र यो निर्णयप्रति आपत्ति जनाएको छ । संगठनका महासचिव रेवन्त गौतमद्धारा जारी विज्ञप्तीमा लोकतन्त्रको सौन्दर्य नै विधिको शासन र आवद्यिक निर्वाचन भएको उल्लेख गर्दै २७ मंसिरमा तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन अर्काे मिति तय नभएसम्मका लागि स्थगित गरिनुले समयमै निर्वाचन हुनेमा संशय पैदा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संगठनले आधिकारिक ट्रेड युनियनको निर्वाचनलाई अनिर्णयको बन्दी नबनाई साझा सहमतिमा यथाशिघ्र निर्वाचनको मिति घोषणा गर्न माग गरिएको छ ।
Advertisement 1
साथै स्थायी सरकारको रुपमा चिनिने कर्मचारी प्रशासनलाई व्यवस्थापन गरी चुस्त दुरुस्त सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न संघीय,प्रदेश र स्थानीय निजमती सेवा ऐन तत्काल जारी गर्ने समेत माग गरिएको छ ।