डिजिटल प्रतिभा विकास गर्न ह्वावेव्दारा नेपालमा पहिलो सीड्स फर द फ्युचर कार्यक्रमको सुरुवात
यस वर्षको सीड्स फर द फ्युचरको उद्घाटन समारोहको आयोजना गरेको छ ।
आफ्नो ग्लोबल फ्ल्यागशिप सिआएस कार्यक्रम नेपालका सबै आइसिटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा एक कार्यक्रममा आयोजना गरिएको थियो । यो वर्ष ह्वावेले नेपालमा कार्यक्रम ल्याएको पहिलो वर्ष हो ।
Advertisement 1
सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसपछि १३० देश र क्षेत्रबाट ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् । अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपालभरबाट १३६ आवेदन प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो ।
प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आइसिटी प्रोफेसरहरू मिलेर बनेको फ्युचर सेलेक्सन कमिटिले २० स्नातक विद्यार्थीहरू छनोट गरेको छ जसमा काठमाडौं उपत्यका बाहिरका ४ जना छन् जसले ८(दिने अनलाइन प्रशिक्षणमा भाग लिने छन्, घान्द्रुकमा रहेको ह्वावेद्वारा निर्मित ४ जी बेस स्टेशन भ्रमण गर्नेछन् र उद्योग विशेषज्ञहरुको कक्षामा उपस्थित हुन पाउने छन् । उनीहरूले त्भअजद्धन्ययम विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक ररवा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २०,००० अमेरिकी डलर सम्मको पुरस्कार जित्न सक्नेछन् ।
उद्घाटन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय राज्यमन्त्री बोधमाया कुमारी यादव प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रका लागि डिजिटल कनेक्टिभिटी अपरिहार्य भएको उहाँले बताउनुभयो । “डिजिटल विकासका लागि डिजिटल साक्षरता र डिजिटल प्रतिभाको विकास उत्तिकै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । उहाँले नेपालका विद्यार्थीहरूलाई सीड्स फर द फ्युचर कार्यक्रमबाट नयाँ कुरा सिक्ने, अन्तर्राष्ट्रिय साथीहरूसँग मित्रता गाँस्ने र ह्वावे जस्ता अन्तर्राष्ट्रिय कम्पनीसँग जोडिने अवसर दिएकोमा ह्वावेलाई धन्यवाद पनि दिनुभयो ।
कार्यक्रममा ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले स्वागत मन्तव्य राख्नु भएको थियो ।
यस क्षेत्रमा डिजिटल प्रतिभा विकासमा लगानी गर्ने ह्वावेको योजनाको बारेमा बोल्दै उहाँले आगामी ५ वर्षमा ह्वावेले एसिया प्रशान्त क्षेत्रमा मात्रै ५ लाख आइसिटी प्रतिभा विकास गर्न थप ५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो र सीड्स फर द फ्युचर सहित धेरै डिजिटल प्रतिभा विकास कार्यक्रमहरू मार्फत हासिल गर्न सकिन्छ । सीड्स फर द फ्युचर नेपाल यस क्षेत्रभरि डिजिटल प्रतिभा उत्पादनमा लगानी गर्ने ह्वावेको बृहत् रणनीतिको हिस्सा हो ।
Advertisement 2
कार्यक्रममा सुरुदेखि नै संलग्न रहेका छनोट समितिका सदस्यहरूले पनि कार्यक्रम र ह्वावेको प्रशंसा गरेका थिए । त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रो. डा. शशिधर राम जोशीले छनोट प्रक्रिया बारे विस्तृत जानकारी दिनुभयो र आवेदन समूहबाट अन्तिम २० जना विद्यार्थीलाई छनोट गर्न चुनौतीपूर्ण भएको बताउनुभयो । उहाँले सीड्स फर द फ्युचर र Tech4Good विश्वव्यापी प्रतिस्पर्धा सुरु गरेकोमा ह्वावेप्रति कृतज्ञता व्यक्त गर्नुभयो । “ह्वावेले Tech4Good ग्लोबल प्रतियोगिता घोषणा गरेर साँच्चै राम्रो काम गरेको छ । आफ्नै व्यवसाय सुरु गर्न चाहने विद्यार्थीहरूका लागि यो अवसर साँच्चै रोचक हुनेछ”, उहाँले भन्नुभयो ।
छनोट समितिमा रहेकी प्रो। तिमिला यामी थापाले ह्वावेले महिलालाई समेत प्रतिभा विकास कार्यक्रममा सहभागी गराएकोमा निकै खुशी व्यक्त गर्नुभयो । “यो सन्देश नेपालका लागि निकै राम्रो छ । ह्वावेका वुमन इन टेक पहलहरू विश्वभर अनुकरणीय छन्”, उहाँले भन्नुभयो ।
२० फाइनलिस्ट विद्यार्थी प्रतिनिधिहरू मध्ये एक, युनिका बज्राचार्यले नोभेम्बर २९ मा भएको सीड्स फर द फ्युचर कार्यक्रमको पहिलो कक्षाको आफ्नो अनुभव सेयर गर्नुभयो । उहाँले ह्वावेलाई प्रशंसा गर्दै भन्नु भयो “सबैलाई आश्चर्यजनक पहलव्दारा एकै ठाउँमा ल्याएकोमा धन्यवाद। विद्यार्थीहरूले यस्तो गतिशील समूहको हिस्सा बन्न पाउँदा र प्रविधिमा उत्तिकै भावुक भएका समान विचारधाराका विद्यार्थीहरूसँग भेट्न पाउँदा खुसी महसुस गरिरहेका छन् ।”