भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन्।

Advertisement 1

उक्त अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिकाको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताए। उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोहीअनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै जाने बताए। उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघलगायत संघसंस्था तथा व्यवसायीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने वचन दिए।

Advertisement 2

बैंककी बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत र कार्यक्रम सञ्चालन उपप्रबन्धक जितेन्द्रसिंह थापाले गरेका थिए।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम