स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घन्टामै किन राजीनामा दिइन्?

स्वीडेनकी पहिलो प्रधानमन्त्री माग्डालेना अन्डेर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन्। उनलाई बुधबार बहुमत संसदले प्रधानमन्त्रीमा समर्थन गरेपछि उनी प्रधानमन्त्री घोषित भएकी थिइन्।

Advertisement 1

स्विडेनको संसदले अन्डेर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। तर, उनको गठबन्धन सरकारमा साझेदार दलले समर्थन फिर्ता लिएसँगै उनले राजीनामा दिएकी हुन्। यससँगै स्विडेनको संसदबाट बजेट समेत पारित हुन सकेन।

‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् ।

Advertisement 2

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए ।

प्रकाशित :२०७८ मंसिर ९, बिहीबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry