मुख्यमन्त्री शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा अर्याल

बाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त भएका छन् । अर्याल लामो समयदेखि माधव नेपाल खेमासँग नजिक रहेर पार्टीमा सक्रिय थिए । एमालेका अष्टलक्ष्मी शाक्य,भीम रावल,घनश्याम भुषाल,योगेश भट्टराई,गोकर्ण विष्टसहितका माधव खेमा निकटका दश नेता मूल घरमै फर्किए पछि अर्याल लगायतका नेताले नेपाल पक्षमा सनाखत दिएनन् र मूल घरमै फर्किएका थिए ।
शिक्षण पेशाबाट राजीनामा दिएर पूर्णकालिन राजनीतिमा होमिएका अर्याल इमान्दार राजनीतिक नेता मानिन्छन् ।नेकपा एमालेको केन्द्रिय सदस्यको भूमिका रहेका अर्यालले यस अघि नै एमालेको रसुवा जिल्ला इञ्चार्ज र माओवादी र एमाले एक भई नेकपा हुँदा रसुवा जिल्लाको सह इञ्चार्ज चलाइसकेका छन् ।

Advertisement 1

 

 

प्रकाशित :२०७८ भाद्र २५, शुक्रबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry