स्वकिय सचिवकी श्रीमतीलाई ग्वाम्म आंगालो हालेपछि अप्ठ्यारोमा परे मन्त्री

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्ब्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनी अप्ठ्यारोमा परेका छन् ।

Advertisement 1

उनीमाथि ढिलो गरी वलात्कारको आरोपमा प्रहरी कार्यालयमा उजुरी गरिएको छ । शाहीले ०७६ माघमा उक्त घट्ना घटाएको पीडित परिवारले जनाएका छन् । प्रदेश सांसद मात्रै रहेका शाही अहिले मन्त्री छन् । सार्वजनिक भएको भिडियोमा पीडित महिलाको कोठाको ढोकामा आवाज सुनिन्छ। उनले ढोका खोलेपछि शाही भित्र छिर्छन र खाटमा बस्ने बित्तिकै महिलालाई अंगालो हाल्छन् । यो जानकारी पीडितका पति अमर सेजुवालले पनि थाहा पाएको जनाईएको छ ।

घट्नाले होहल्लाको अवस्था आउन लागेपछि शाहीका काकाका छोराले पीडितका पतिलाई गाडीमा हालेर छिन्चु बजार पर्याएका थिए । त्यहा होटलमा मदिरा सेवन र रकम लेनदेनको छलफल समेत भएको पाईएको छ । फर्किने समयमा विवाद भएपछि राती १२ वजे पीडितका पतिलाई कुटपिट गरिएको प्रहरीले जानकारी पाएको छ।

Advertisement 2

 

 

प्रकाशित :२०७८ भाद्र ७, सोमबार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम