गुरु भट्टराईलाई सरकारले सोध्यो ‘महाप्रबन्धक भएर आचरण विपरित काम गर्ने ?
’
सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता पक्षका नेताहरुप्रति आक्रोश पोखेका छन् ।
Advertisement 1
उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । बुधबार मध्यरात आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई स्पष्टीकरण सोधिएकामा आपत्ति जनाएका छन् । ‘शेरबहादुर, प्रचण्ड, माधव सरकारले मलाई आचरणको स्पष्टीकरण सोध्न मिल्छ तर त्यसको आधिकारिकता वा कानुनी प्रश्नको फाइल कम से कम सचिव स्तरबाट उठ्नुपर्छ,’ उनले प्रश्न गरेका छन्, ‘मन्त्रालयमा फाइल नल्याइ, मन्त्रिपरिषदको विधि उल्लंघन गरेर ठाडो आदेशमा गुरु भट्टराईलाई २८ दिने सरकारले स्पष्टीकरण दिने ?’
भट्टराई तिनै व्यक्ति हुन् जसले एमाले अध्यक्ष केपी शर्मा ओलीको गुणगान र भक्ति गाउँदै अन्य दलका शीर्षस्थ नेताहरुलाई आमचकारी गाली गर्दै आएका छन् । उनले रेल्वेको काममा कुनै प्रगति नगरे पनि दिनमा धेरै पटक सामाजिक सञ्जाल भने रंगाउँदै आएका छन् । गुरु भट्टराईले सामाजिक सञ्जालमा सबैभन्दा धेरै अपशब्द माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराई र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि पोखेका छन् ।