हरेक वर्ष १ महिनाको पेन्सन आविष्कार केन्द्रलाई दिने पूर्व डीआईजी सुब्बाको घोषणा
नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजिब सुब्बाले हरेक वर्ष १ महिनाको पेन्सन राष्ट्रिय आविष्कार केन्द्रलाई दिने घोषणा गरेका छन् ।
सुब्बाले मंगलबार निवृत्तिभरणबापत प्राप्त रकम २७,८८२ रूपैयाँ आविष्कार केन्द्रको खातामा जम्मा गरेका छन् । कोरोना महामारीका बेला विभिन्न प्रविधि विकास र सहजीकरण गरिरहेको आविष्कार केन्द्रका लागि देशविदेशबाट सहयोग संकलन भइरहेको छ ।
Advertisement 1
प्रकाशित :२०७८ असार ८, मंगलवार १२:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%