मनसुन विपद्ः बितेका २४ घण्टामा १ जनाको मृत्यु, २० जना घाइते

काठमाडौं। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
Advertisement 1
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १०ः००देखि शनिबार बिहान १०ः०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्। ती घटनामध्ये एकमा सर्पले डस्दा १ जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन् ,।
उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र जनावर आक्रमणका ३ घटना भएका छन्। ती घटनाबाट रु २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ। साथै, २ स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ।
Advertisement 2
यसैबीच, प्राधिकरणले गत वैशाख १ देखि आज बिहानसम्म देशभर ४ हजार ५३ वटा विपद्का घटना भएका, ती घटनामा १९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २९१ जना घाइते भएका जनाएको छ। विपद्बाट ५ हजार १८८ परिवार प्रभावित भएका छन्।








