‘फेसबुक, टिकटक, युट्युब’वालालाई साइबर ब्यूरोको चेतावनी

सामाजिक संजाल दुरुपयोग गर्ने व्यक्तिहरूलाई नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गरेको छ । नोट जारी गर्दै अनुसन्धानको क्रममा रहेका विषयमाथि समाग्रीहरू बनाएको भन्दै चेतावनी दिएको हो ।

Advertisement 1

चेतावनी दिँदै प्रहरीको नोटमा भनिएको छ,”कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेका छन्‌ । हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता समाग्रीहरू बनाउने, प्रकासन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्नरनगराउन हुन अनुरोध साथै त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।”

प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry