एक हप्ताभित्रै बजेट कार्यान्वयन तालिका सार्वजनिक गर्छौँ
बजेट कार्यान्वयनको विषयबारे आर्थिक पत्रकार संघले आयोजना गरेको छलफलमा अर्थसचिव शिशिर कुमार ढुंगानाले एक हप्ताभित्रै बजेट कार्यान्वयनको कार्यतालिका सार्वजनिक गर्ने बताएका छन्।
Advertisement 1
ढुंगानाले कार्यतालिका मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन्। उनले अर्थ मन्त्रालयको सहमतिमा कार्यविधि निर्माण गर्नसक्ने भएकाले कार्यविधि निर्माणको लागि धेरै समय नलाग्ने दाबी गरे। सबै निकायलाई असार १५ सम्म कार्यविधि, निर्देशिका बनाइसक्न निर्देशन दिएको उनको भनाइ छ। अर्थसचिव ढुंगानाले बजेटमा व्यवस्था भएको करछुट असार १५ गतेसम्म निर्क्योल गर्ने बताए।
ढुंगानाले खोप ल्याउने सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै स्रोत व्यवस्थापन र खोप ल्याउन पहल गरेको उल्लेख गरे। उनले अन्तरिक ऋणले तरलताको समस्या नहुने गरी उठाउने बताए।
प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार १३:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%