आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु ३ हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदीको मोल रु ४ हजार ४८५ निर्धारण भएको छ।

हिजो मङ्गलबार एक तोला सुन रु २ लाख ८७ हजार १०० र १ तोला चाँदी रु ४ हजार ५९० मा खरिदबिक्री भएको थियो।

Advertisement 2

त्यसैगरी, गत सोमबार एक तोला सुन रु २ लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ७३० मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित :२०८३ असार १०, बुधबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry