विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन्।
Advertisement 1
सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए।
“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्। म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा वाग्लेले भने, “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ?”
प्रकाशित :२०८३ जेष्ठ २८, बिहीबार ११:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








