जलेका सवारीको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलेर नष्ट भएका सवारी साधनहरूको नाममा इन्धन दुरुपयोग गरिएको भन्ने आरोपलाई अस्वीकार गरेको छ।
Advertisement 1
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उक्त विषयको छानबिनका लागि मन्त्रालयले २०८३ जेठ १५ गते सहसचिवस्तरको संयोजकत्वमा समिति गठन गरेको उल्लेख छ।
Advertisement 2
छानबिन समितिले प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरण लगायतका कागजातहरूको अध्ययन तथा विश्लेषणपछि जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र सरोकारवालालाई आग्रह गरेको छ।
साथै, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्न अनुरोध गरेको छ।
Advertisement 3













