सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला रु १ हजार ८०० र चाँदी रु ११० ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार २० कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ५ हजार र त्यति नै परिमाणको चाँदीे रु ५ हजार १३० मा कारोबार भएको थियो।

Advertisement 2

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार १६० मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ बैशाख १०, बिहीबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry