सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला रु ३ हजार र चाँदी रु १२० ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १३० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २५० मा कारोबार भएको थियो।

Advertisement 2

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २२० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––

प्रकाशित :२०८३ बैशाख ४, शुक्रबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry