सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ। यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ। सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ। अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८३० कायम भएको छ। गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––

प्रकाशित :२०८२ चैत्र २२, आईतवार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry