सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ। चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८३० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९४ हजार कायम भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ९४५ कायम भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––

प्रकाशित :२०८२ चैत्र २०, शुक्रबार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry