उदयपुरमा १ हजार १ सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर। जिल्लाका विभिन्न भागका १ हजार १०० हेक्टरमा चैतेधान रोपिएको छ।

Advertisement 1

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा १ हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ। बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले राससलाई बताए। “खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु”, उनले भने।

जिल्लाका ८ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ। ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ।
–––

प्रकाशित :२०८२ चैत्र १८, बुधबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry