कांग्रेसले आफ्ना सांसदका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने भएको छ।

Advertisement 1

कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ मा बसेको बैठकले गरेको निर्णयानुसार पार्टी शनिबार बिहान ११ बजे उक्त कार्यक्रम आयोजना गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिवले विज्ञप्ति जारी गरी शनिबार कार्यक्रम हुने कार्यक्रममा अनिवार्य सहभागिताका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूलाई आग्रह गरिएको बताए।
–––

प्रकाशित :२०८२ चैत्र १३, शुक्रबार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry