सुन तोलामा १ हजार ६ सयले घट्यो

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ। सुन तोलामा रु १ हजार ६०० ले घटेको हो। चाँदी भने तोलामा रु ८० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५०५ कायम भएको छ।
सोमबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ४२५ कायम भएको थियो। गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ५४० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ चैत्र १०, मंगलवार १२:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










