सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु ५ हजार ४०० र चाँदी रु १४० ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १० कायम भएको छ।

हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ७ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १५० कायम भएको थियो। गत मङ्गलवार १ तोला छापावाल सुन रु ३ लाख ९ हजार ९०० र १ तोला चाँदी रु ५ हजार ३३५ कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ चैत्र ५, बिहीबार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry