कैलाली, ३ मा मतगणना सुरु

कैलाली। कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी दिए।
Advertisement 1
उहाँका अनुसार कैलारी गाउपालिका–३ बाट मतगणना सुरु भएको छ। यहाँ १ लाख ९ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो।
यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए। यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन्।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १३:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













