सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु २ सय ४५ ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख २० हजार ५०० कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ९०० मा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला रु ५९८५ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला रु ५७४० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ फाल्गुन १७, आईतवार १२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry