गणतन्त्रपछि पाँचौंपटक अध्यादेशमार्फत् बजेट :- यस्तो छ बजेट निर्माण गर्ने कोर टिम

सरकारले आठ बर्ष पछि फेरि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिएको छ । संविधानले नै १५ जेठमा बजेट ल्याउनु पर्ने व्यवस्था गरेका कारण आर्थिक बर्या ७८/ ७९ को बजेट अध्यादेशबाट ल्याउने तयारी चल्दैछ छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेसंगै बजेट अध्यादेशबाट आउने भएको हो ।
यस अघि आर्थिक वर्ष ७०/ ७१ को बजेट पनि अध्यादेशबाट ल्याईएको थियो । सो समयका अर्थमन्त्री थिए शंकर कोइराला । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संविधान बनाउन नसकी संविधानसभा बिघटन भए लगतै चुनावी सरकारको नेतृत्व तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले सम्हालेका थिए ।यसअघि आर्थिक वर्ष २०६७/६८ मा सुरेन्द्र पाण्डेले, आर्थिक वर्ष २०६९/७० मा वर्षमान पुनले (पेश्की बजेट), सोही आर्थिक वर्षमा शंकरप्रसाद कोइरालाले (पुनले ल्याएको पेश्की बजेटको पूरक बजेटका रुपमा ) र कोइरालाले नै आर्थिक वर्ष २०७०/७१ का लागि अध्यादेशमार्फत् बजेट ल्याएका थिए ।
र आठ बर्ष पछि फेरि अध्यादेशबाटै बजेट ल्याउने तयारी चलिरहेको छ । बजेट लेखनका सक्रिय कर्मचारीहरुको अनुसार झण्डै १६ खर्ब ९७ अर्बको हाराहारीको बजेट घोषणा हुनेछ । बजेट निर्वाचन र कोभिड १९ रोकथाम तथा नियन्त्रणमा फोकस हुनेछ । यस्का अलवा मा प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व घोषणा मुताविक बृद्ध भत्ता बढाएर मासिक ५ हजार पुर्याइनेछ । अहिले बृद्धभत्ता ३ हजार मात्र पाउँदै आएका छन् । संविधान अनुसार नै १५ जेठमा बजेट घोषणा गनुपर्ने छ । बजेटको प्राविधिक तयारीमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्वसचिव रामशरण पुडासैनी, अर्थमन्त्रालयका ५ सदस्य सहसचिवहरूको मस्यौदा लेखन टोली र अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ सहितको कोर टिम संलग्न छ ।

Advertisement 1

बजेट निर्माणमा विभिन्न ५ महाशाखा प्रमुख संलग्न रहेको बजेट लेखन टोली बनाइएको छ । सो टोलीमा आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख डा रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन टोली निर्माण गरिएको थियो । टोलीमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमूख धनीराम शर्मा, प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल, राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गाल र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् ।
संविधान अनुसार बजेट हरेक वर्ष जेठ १५ गते ल्याउनु पर्ने बाध्यताका कारण अर्थमन्त्री बिष्णु पौडेल बजेट निर्माणको लागि बिहान ८ बजे नै मन्त्रालय पुग्ने गरेका छन् । अर्थमन्त्री सहितको टोली बिहान ८ बजेदेखि राती ८ बजेसम्म नै मन्त्रालयमा खटिएको छ ।

प्रकाशित :२०७८ जेष्ठ १३, बिहीबार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry