सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको। मङ्गबारको तुलनामा आज सुन तोलामा रु १ हजार ५०० ले घटेको छ भने चाँदी रु ५ ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ४०० तथा १ तोला चाँदीको मोल रु ४ हजार ८८० निर्धारण भएको छ।
हिजो मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख १ हजार ९०० तथा १ तोला चाँदीको मोल रु ४ हजार ८८५ निर्धारण भएको छ। गत सोमबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख २ हजार ८०० तथा १ तोला चाँदीको मोल रु ४ हजार ८६० निर्धारण भएको छ।
Advertisement 2
साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु ३ लाख ५ हजार ८०० र त्यति नै चाँदी रु ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।














