प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी, राष्ट्रपतिले कसलाई नियुक्त गर्लिन् ?

संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको गठनलाई दिएको समय सीमा सकिएको छ । नयाँ प्रधानमन्त्रीका लागि नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ आफ्नो दाबी प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री ओलीले आफूसँग बहुमत रहेको दाबी प्रस्तुत गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्नो पक्षमा बहुत रहेको दावा गरेका छन् । प्रधानमन्त्री ओलीले आफूसँग सिंगै एमालेको १२१ र जसपाको सिंगै समूह ३२ सांसदसहित १५३ सांसदको समर्थन आफूलाई रहेको दावा पेश गरेका छन् भने कांग्रेस सभापति देउवाले माओवादी,माधव नेपाल खेमा,उपेन्द्र यादव खेमा गरी १४९ सांसदको हस्ताक्षरसहित आफू बहुमत रहेको दावा गरेका छन् । अहिले दुबै दावा राष्ट्रपति कार्यालयमा दर्जा भएको छ ।
प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा दुई वटा दाबी परेका छन्। प्रधानमन्त्रीमा दाबी गर्नका लागि शुक्रबार बेलुका ५ बजेसम्मको समय सीमा दिइएको थियो । सो समयभित्र ओली र देउवाको दावी परेको हो ।

Advertisement 1

रमाइलो चाहिँ बहालवाला सांसदको संख्या २७० हो जस्मा प्रधानमन्त्री ओलीले आफूलाई १५३ र देउवाले आफूलाई १४९ सांसदको समर्थन रहेको दावा छ । जसअनुसार सांसद संख्या ३०२ पुग्छ ।
अब राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनेछिन् ।

कानुनविद्हरुले भने,संविधानको धारा ७६ को सबै उपधारामा दलको कुरा भए पनि उपाधारमा ५ मा प्रतिनिधिसभा सदस्यलाई स्वतन्त्र छाडिएकाले माधव नेपाल समूहका सांसदको हस्ताक्षरले मान्यता पाउनुपर्ने तर्क गर्दछन् ।

Advertisement 2

 

 

Advertisement 3

 

प्रकाशित :२०७८ जेष्ठ ७, शुक्रबार १७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry