पर्वतमा १ लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा १ लाख २५ हजार ४६६ मतदाता कायम भएका छन्।
Advertisement 1
जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त सङ्ख्या कायम भएको हो। त्यसमध्ये महिला मतदाताको सङ्ख्या ६२ हजार ८६५, पुरुष मतदाताको सङ्ख्या ६२ हजार ६०० रहेको छभने अन्य १ जना रहेका छन्।
यहाँ २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६४९ रहेका थिए। अघिल्लो निर्वाचनभन्दा आगामी निर्वाचनमा २ हजार ८१७ जना बढी भएका हुन्।
Advertisement 2
कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता कायम भएका छन्। त्यसैगरी, जलजला गाउँपालिकामा १६ हजार ७५०, पैंयूमा ११ हजार ६६७, महाशिलामा ८ हजार ४७९, मोदीमा २० हजार ३०१ र विहादी गाउँपालिकामा ११ हजार १५९ मतदाता कायम भएका छन्।
आगामी निर्वाचनका लागि जिल्लामा ७६ मतदातस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिए। आगामी निर्वाचनका लागि पर्वतमा दुईवटा मतदानस्थल थप गरिएको छ। मोदी गाउँपालिकाको वडा नं ६ तिलाहारको गिज्यानमा रहेको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं ८ फर्सेको शिव माविमा गरी दुई मतदानस्थल थप गरिएको होभने ३ मतदान केन्द्र पनि थप गरिएको छ।
Advertisement 3
कार्यालयका अनुसार अब अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ७४ मतदानस्थलमा १४८ मतदान केन्द्र रहेका थिए भने अब ७६ मतदानस्थलमा १५१ मतदान केन्द्र रहने भएको सूचना अधिकारी शर्माले बताए।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगको निर्देशनानुसार निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले निर्वाचन सामग्री रुजु गर्ने र अपुग भएका सामान खरिद गर्ने तयारी भइरहेको जानकारी दिए। आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको र अन्य कार्यालयका नियमित काम भइरहेको उनले बताए।














