प्रतिनिधिसभा निर्वाचन :स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

स्याङ्जा। आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा २ लाख ४८ हजार मतदाता कायम भएको छ।
Advertisement 1
२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई २ लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्। जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष १ लाख २२ हजार ४६४, महिला १ लाख २६ हजार ३५१ र अन्य १ गरी कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका हुन्।
जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ। पुरुषभन्दा महिला मतदाता ३ हजार ८८७ जना धेरै रहेका छन्। २ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ मतदाता छन्। स्याङ्जा क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता छन्।
Advertisement 2
क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष ३ हजार ४७५ मतदाता थप भएका छन्। क्षेत्र नं २ मा १ हजार २५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए। जिल्लामा २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल ४ हजार ७२७ मतदाता थपिएका हुन्।
विसं २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा २ लाख ४४ हजार ०८९ मतदाता रहेका थिए। स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १९९ मतदानस्थल कायम गरिएको छ भने ३२२ मतदान केन्द्र रहने उनले जानकारी दिए। गत निर्वाचनमा १९९ मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ३२० कायम रहेकोमा यसपटक २ मतदान केन्द्र थप भएका हुन्।














