राजनीतिमा ट्वीस्ट : माधव नेपालसहित चारजना एमाले नेताको कारवाही फुकुवा

नेकपा एमालेको स्थायी कमिटिको बैठकले ४  जना नेतामाथिको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री ओलीले ६ महिनाका लागि नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लगायतका नेतालाई कारवाही गरेको थिए । सो कारवाही फुकुवा गरिएको हो । यसअघि समानान्तर गतिविधि गरेको भन्दै एमालेले  नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव बैठकमा पेश गरेका थिए । बैठकले उनले गरेको प्रस्तावलाई अनुमोदन गरेको हो ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेसँगै ओली–नेपाल दुई खेमामा विभक्त भएका थिए । उनीहरु एकले अर्काेलाई साधारण सदस्यबाट समेत निष्कासन गरे।

Advertisement 1

यहीकारण २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्र समानान्तर गतिविधि गरेको भन्दै नेताहरू नेपाल, रावल, पाण्डे र भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो।

 

Advertisement 2

 

प्रकाशित :२०७८ बैशाख ३०, बिहीबार १२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry