माधव नेपालको सकस:- पाकापुस्ता सामुहिक राजीनामाको पक्षमा,युवा पुस्ताका सांसद विपक्षमा

सामुहिक राजीनामा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने सन्दर्भमा माधव नेपाल खेमाभित्रै मतभेद चुलिएको छ । पार्टीमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको एकाधिकारका विरुद्ध संघर्ष चर्काउन नेपाल समूह एकमत छ । तर, तत्कालिन कार्यनीतिबारे नेताहरुबीच समान धारणा बन्न नसक्दा विवाद देखिएको हो ।
हिजो नेपाल समूहको बसेको स्थायी कमिटीको जुम बैठकमा राजीनामा दिने वा नदिने बिषयमा गहन छलफल चल्यो । त्यहाँ युवा नेताहरु एकातिर र पाका नेताहरु अर्कोतिर परेका छन् ।
झलनाथ खनाल,भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवालीहरु तत्काल राजीनामा दिनुपर्ने पक्षमा छन् भने घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु सामूहिक राजीनामा दिन नहुने पक्षमा उभिएका छन्।यस्तै जयकुमार राई, विरोध खतिवडा, नारायण खतिवडा लगायतका सांसद पनि अस्पष्ट देखिएपछि ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्या जुटाउन माधव नेपाललाई समस्या परेको बताइन्छ ।

Advertisement 1

अहिले राजीनामा दिँदा कांग्रेस वा माओवादीलाई सघाएको सन्देश जाने हुँदा त्यस्तो निर्णय आफैंलाई हानिकारक हुने युवा नेताहरुको तर्क छ ।

नेकपा हुँदा उहाँसंग ४४ जना सांसद थिए । दुई महिनामा घटेर ३५ मा पुग्यो । अहिले समानुपातिकलाई मतदान गर्न खुल्ला छाडिएको अवस्थामा २८ जनामा खुम्चिएको अबस्था छ ।

प्रकाशित :२०७८ बैशाख ३०, बिहीबार ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry