फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत। १ पालिका १ आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ। अस्पतालको शिलान्यास ६ वर्षअघि भएको थियो।
Advertisement 1
अस्पताल भवन रु ९ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ। नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ। आगामी २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
प्रकाशित :२०८२ कार्तिक २६, बुधबार १०:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










