आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।
Advertisement 1
यस्तै, युरोपियन युरो १को खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर १को खरिददर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर १ को खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर १ को खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा तोकिएको छ।
Advertisement 2
जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिददर ४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४ रुपैयाँ ३८ पैसा, युएई दिराम १ को खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर १को खरिददर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ ११ पैसा तोकिएको छ।
Advertisement 3
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार १ को खरिददर ४६२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ०१ पैसा, बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा , ओमनी रियाल १ को खरिददर ३६७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३८ पैसा रहेको छ। भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                