धानबालीमा मरुवा रोगको समस्या

चितवन। जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ। कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो।

Advertisement 1

कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो रोगको समस्या लिएर आउने गरेका छन्। ढुसीका कारण लाग्ने यो रोग लाग्ने गर्दछ। अहिलेको समयमा देखिएको मरुवा रोग नियन्त्रणका लागि पानी जमाई राख्नु पर्ने उनले सुझाब दिए। यो रोग लाग्दा पातमा स–साना सेता टीकाबीचमा भएको लाम्चिला खैरा थोपा देखिने उनले जानकारी दिए।

उनका अनुसार बालादेखि तलको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिने गर्दछ। यो रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न उनले सुझाब दिए। खेतमा पानी जमाई राख्न पनि उनको सुझाब छ। ढुसि सहन सक्ने जातका धान लगाउनु पर्ने उनले जानकारी दिए।

Advertisement 2

जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए।

प्रकाशित :२०८२ आश्विन ९, बिहीबार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry