वागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीको सपथग्रहण
बागमती प्रदेश सरकारमा आज ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त तीन मन्त्रालय र एक मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेका हुन् ।
Advertisement 1
नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गरेका हुन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पौडेलले सपथ गराए ।
माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले आजै नयाँमन्त्री नियुक्त गरेका हुन् ।प्रदेशमा अन्य मन्त्रीहरू भने यथावत रहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक मामिला तथा योजना मन्त्रीमा कैलास ढुंगेल छन् ।