सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको हो।

Advertisement 1

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा भएको थियो।

त्यस्तै आइतबार २१ सय ४५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला २१ सय ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८२ जेष्ठ २७, सोमबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry