“सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन”
सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ ।
आज बालुवाटारमा चलेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन नगर्ने जनाएका हुन् । उनले भने, लकडाउनले केहि दिनका लागि चेनब्रेक मात्र गर्छ, यसले धकेल्ने मात्र हो र आफैंमा समाधान होइन। कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं। अर्थतन्त्र भर्खर तङरिन लागिरहेको हुँदा सकभर अर्थतन्त्र र मानिसहरुको जीविकामा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाह हो ।
अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल पालना गर्नुस् मात्रै भन्छौं । हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्छ र त्यो स्थानीय तहमा मात्र हुन्छ, देशव्यापी हुँदैन् मन्त्री ज्ञवालीले भने । मन्त्री ज्ञवालीले सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत हुने बताए।
Advertisement 1