सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं। अघिल्लो कारोबार दिन मात्रै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार १ हजार रुपैयाँ प्रतितोलाका दरले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको हो। आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ८५ हजार रुपैयाँका दरले भएको थियो। त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ६० रुपैयाँ तोकिएको छ।

Advertisement 2

यसअघि अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको कारोबार प्रतितोला १९ सय ५ रुपैयाँका दरले भएको थियो। पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ चैत्र ३१, आईतवार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry