१ लाख ८५ हजार रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३९ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।
Advertisement 1
बिहीबार समेत नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको हो। शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
यसअघि बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँका दरले भएको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला १९ सय ५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदीको कारोबार प्रतितोला १९ सय रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ चैत्र २९, शुक्रबार ११:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%