२ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढेको हो।
Advertisement 1
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै मंगलबार प्रतितोला १९ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला १९ सय ९० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ चैत्र १३, बुधबार १०:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%