६ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो।
Advertisement 1
सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै आइतबार प्रतितोला १९ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको कारोबार सोमबार सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ चैत्र ११, सोमबार ११:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%