अहिलेसम्मकै नयाँ उचाइमा सुनको मूल्य, १ लाख ७४ हजार रुपैयाँ नाघ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबारका लागि सुनको मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ प्रतितोला तोकिएको छ।

Advertisement 1

यसअघिको कारोबार दिन बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। शुक्रबार चोकिएको सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।

यसअघि सुनको उच्च मूल्य १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला २ हजार ५० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ चैत्र १, शुक्रबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry