सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
Advertisement 1
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँका दरले भएको थियो।
बुधबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ। मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि २ हजार रुपैयाँ प्रतितोला तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ फाल्गुन २८, बुधबार १०:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%