१ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य १ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य १ सय रुपैयाँ बढेको हो।

Advertisement 1

आइतबारका लागि सुनको मल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँका दरले भएको थियो।

शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १९ सय ९० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ फाल्गुन २५, आईतवार १०:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry