गृहमन्त्री थापाको सांसदसँगै गुम्यो मन्त्री पद

गृहमन्त्री रामबहादुर थापा बादलको सांसदसँगै मन्त्री पद गुमेको छ । थापा बाग्मती प्रदेशबाट राष्ट्रिय सभाको सदस्य हुँदै मन्त्री बनेका थिए । नेकपा माओवादी केन्द्रबाट दल परिवर्तन गरेर उनी एमालेमा प्रवेश गरेका थिए । उनी पार्टी फुटेपछि एमालेमै रहेका थिए । सोही कारण उनलाई पार्टीबाट निष्कासन गरिएको थियो । संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेपछि बादलको सांसद पदसँगै मन्त्री पद पनि गुमेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।

Advertisement 1

सांसदसँगै उनी मन्त्रीको जिम्मेवारीबाट पनि मुक्त भएका छन् । उसो त यस अघि नै मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।
सांसद नभएको कुनैपनि व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ । थापा त्यहि व्यवस्थाबमोजिम पुनः मन्त्री बन्न लागेका हुन् ।

आजै साँझसम्ममा उनलाई पुनः मन्त्रीमा नियुक्त गरिने तयारी गरिएको बताइएको छ ।

प्रकाशित :२०७८ बैशाख ५, आईतवार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry