२३ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो।
Advertisement 1
शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँका दरले भएको थियो।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १८ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १९ सय १५ रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ माघ १८, शुक्रबार १०:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%