बुधबारको तुलनामा घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो।
Advertisement 1
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। बुधबार सुनको कारोबार १ लाख ६० हजार रुपैयाँमा भएको थियो।
त्यस्तै बिहीबार चाँदीको मूल्य २० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ तोकिएको छ।
Advertisement 2
बुधबार चाँदीको कारोबार प्रतितोला १८ सय ९५ रुपैयाँमा भएको थियो।
प्रकाशित :२०८१ माघ १०, बिहीबार १०:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%