सरकारको नीतिअनुसार प्रभावकारी काम गर्न कर्मचारीलाई निर्देशन
पोखरा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिएका छन्।
Advertisement 1
सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला’ समापनमा आज उनले विकास निर्माणलाई तीव्रता दिइ आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन्।
मन्त्री दाहालले रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनालाई गति दिनेगरी कार्यक्षेत्रमा खटिन आग्रह गरे।
Advertisement 2
असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी कार्य गर्न र नीतिगत समस्या भए मन्त्रालयले सहजीकरण गर्नेसमेत उनले बताए।
प्रकाशित :२०८१ पुष १९, शुक्रबार १४:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%