राम्रो ब्याटिङ सुरुवात गरेको पोखरा १०३ रनमा अलआउट, बसिस्टोको ६ विकेटको कीर्तिमान

काठमाडौं। जारी एनपीएलमा मंगलबार दिउँसो भइरहेको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितका लागि १०४ रनको लक्ष्य दिएको छ।

Advertisement 1

टस जितेर ब्याटिङ रोजेको पोखराको सुरुवात राम्रो रहे पनि कर्णालकिा बलर विलियम बसिस्टोको कीर्तिमानी विकेट टेकिङले १०३ रनमै अलआउट भएको हो।

३.५ ओभरमा ४६ रन बनाउँदा पहिलो विकेटका रुपमा आन्द्रिज गौसलाई गुमाएको पोखरा ६ विकेट बसिस्टोले लिए। बसिस्टोले ४ ओभरमा २८ रन खर्च गर्दै ६ विकेट लिए।

Advertisement 2

जारी एनपीएलको एकै खेलमा दुई जना बलरले यसअघि ५-५ विकेट लिए पनि ६ विकेट लिने पहिलो बलर बसिस्टो बनेका छन्।

पोखराका लागि दिनेश खरेलले १९ बलमा २६, आन्द्रिज गौसले १२ बलमा २५ तथा रायमन रेफरले २६ बलमा २० रन बनाए। कप्तान कुशल भुर्तेलले ११ बलमा १० रन बनाए।

Advertisement 3

मंगलबार बिहान भएको खेलमा रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले कुशल मल्ल कप्तान रहेको चितवन राइनोजलाई पराजित गरेको थियो।

प्रकाशित :२०८१ मंसिर २५, मंगलवार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry